नियम
रिक्त पदको पूर्ति

(१) सेवा तथा समूहका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) सेवा तथा समूहमा रिक्त रहेको राजपत्राड्ढित पदको पूर्ति आयोगको सिफारिसमा गरिनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समूहको राजपत्राड्ढित पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा वा राजपत्राड्ढित तृतीय श्रेणीको पदमा बढुवाद्वारा पूर्ति गर्दा उम्मेदवारको उपयुक्तताको सम्बन्धमा लोक सेवा आयोगको परामर्श प्राप्त भएको हुनु पर्नेछ ।
(४) श्रेणी विहीन पदहरु शुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।